राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक, २०८१ पारित भएको छ । विधेयक पारित भएको यो वषृ अवकाश उमेर ५८ नै राख्ने कि ५९ भन्नेमा दुई दिन विवाद भएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेसहित सत्ताधारीहरुले अमूक व्यक्तिलाई फाइदा पुग्ने गरी ५९ वर्ष राख्न अडान लिएका थिए । तर, अन्ततः उनीहरु असफल भए ।
विधेयकमा ५९ वर्षे अवकाश उमेर हटेसँगै सचिवालयले प्रतिवेदनको मस्यौदा तयार पारेको छ । समितिबाट प्रतिवेदन पारित भएलत्तगै सभापति तुलासाकुमारी दाहालले आजै बस्ने राष्ट्रियसभा बैठकमा विधेयको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । संवैधानिक व्यवस्थाअनुसार संघीय निजामती सेवा विधेयक आजै राष्ट्रिय सभाबाट पारित गरिसक्नुपर्ने २ महिने समयसीमा सकिँदैछ ।
राष्ट्रियसभाबाट विधेयक पारित भएपछि विधेयक उत्पति भएको प्रतिनिधिसभामा जानेछ । प्रतिनिधि सभाले पुनः पारित गरेपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रूप लिनेछ ।
पढ्नुहोस्, विधेयकको पूर्णपाठ