अन्ततः नेकपा (एमाले) ले कीर्तिपुर नगरपालिकाको मेयरमा सुरेन्द्र मानन्धरको उम्मेदवारी घोषणा गरेको छ। यही मंसिर १६ गते कीर्तिपुरलगायत देशभरका जनप्रतिनिधिविहीन स्थानीयत तहमा निर्वाचन हुँदैछ । मानन्धर नेकपा एमालेका केन्द्रीय सदस्य र कीर्तिपुर क्षेत्रका लोकप्रिय नेता हुन् ।
नेकपा एमालेको कीर्तिपुर नगर कमिटीले मेयरको प्रत्यासीमा मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो।
२०७९ को स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका राजकुमार नकर्मी मेयर निर्वाचित भएका थिए। तर, गत साउन महिनामा उनको निधन भएकाले उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।
यसअघि राप्रपाले इन्जिनियर ध्रुब महर्जनलाई उक्त पदमा उम्मेदवारी घोषणा गरिसकेको छ। नेपाली कांग्रेसले भने उम्मेदवार घोषणा गर्न बाँकी छ ।