पार्टी विभाजन गर्ने अशोक राईको समूहलाइ कारबाही नगरेको भन्दै जनता समाजवादी पार्टी नेपाल आज निर्वाचन आयोग जाँदैछ । जसपा नेपालले राई समूहतिर लागेका नेता तथा जनप्रतिनिधिलाई निर्वाचन आयोगले कारबाही नगरे पछि सोही गुनासो लिएर अध्यक्ष उपेन्द्र यादवको समूह आयोगमा जान लागेको हो ।
अशोक राईको नेतृत्वमा अलग भएर जनता समाजवादी पार्टी गठन गरे पनि कतिपय नेता बिना सनाखत सो पार्टीमा आबद्ध भएको भन्दै जसपा नेपालले कारबाहीका लागि आयोगलाई सिफारिस गरेको थियो । तर हालसम्म कुनै कारबाही नगरेको भन्दै जवाफ माग्न जसपा नेपालका नेता आयोग जान लागेको हो ।