Connect with us

राजनीति

संघीय संसदका दुई वटा समितिको बैठक बस्दै

Published

on

संघीय संसदका दुर्ई वटा समितिको बैठक बस्दैछ । संसद सचिवालयका अनुसार आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित बिधायन समितिको बैठक बस्न लागेको हो ।

बिधायन समितिमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सैद्धान्तिक छलफल हुनेछ, जुन बैठक दिउँसो एक बजे बजे बोलाइएको छ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरु सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ । उक्त बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.