Connect with us

राजनीति

प्रदेश प्रहरी समायोजनका लागि संघीय प्रहरी कानुन संशोधन गर्दैछौं- गृहमन्त्री लेखक

Published

on

गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानुन संशोधन हुने गरि नयाँ कानुन बनाउन लागिएको बताएका छन् ।  

सिरहा र धनुषामा आयोजना हुन लागेको विभिन्न कार्यक्रमहरुमा सहभागिताका लागि आएका गृहमन्त्री लेखकले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग  कुराकानी गर्दै नयाँ प्रहरी कानुन बनाउन मन्त्रालयबाट निर्णय गरि अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमती पछि संसदमा पेश हुने बताए । 

प्रहरी सम्बन्धी संघिय ऐनमा संसोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु धमाधम हुने उनको दावी छ ।  वर्तमान सरकार डेलिभरि गर्नकै लागि बनेकाले त्यसमा कुनै कम्प्रोमाईज नहुने र मुलुकमा शान्ति शुव्यवस्था र विधिको शासन कायम हुने उनको भनाई छ । 

उनले राजनितिक स्थितरता, आर्थिक गतिविधी बढाउन, संघिय लोकतान्त्रिक व्यवस्था र समावेशिता सहितको संविधान र विधी बचाउन तथा सार्थक बनाउन वर्तमात सरकार अगाडि बढिरहेको र त्यसै अनुसारको कार्यसम्पादन भइरहेको उनको भनाइ छ ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Copyright © 2024 Nepal Muhar. powered by Nepal Muhar.