Connect with us

अर्थ

ट्राफिक कारबाहीमा १९ लाख ९५ हजार राजस्व सङ्कलन

Published

on

बितेका २४ घण्टामा दुई हजार १४४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ९५ हजार राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ९१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५१,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८६ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १४२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ११० जनालाई कारबाही गरिएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.