Connect with us

अर्थ

इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजनाहरु प्रभावित

Published

on

लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ ।

सङ्घका अध्यक्ष रमेश बेल्वासेले पछिल्लो समय लागत अत्यधिक बढेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताएकबा छन् ।

डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सिर्जना भएको उनले बताए । इन्धन र बिटुमिनको अकासिएको मूल्यले निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबाबमा परेका गुनासो उनको गुनासो छ ।

अध्यक्ष बेल्वासेले निर्माण क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाखौँ नागरिक आबद्ध रहेकाले मूल्यवृद्धिको असर समग्र अर्थतन्त्रमा समेत परेको उल्लेख गरे । समयअनुकूल लागत समायोजन नहुँदा निर्माण व्यवसायी, श्रमिक तथा आयोजना सबै प्रभावित भएका उनको भनाइ छ ।

समयमै मूल्य समायोजन नभए विकास आयोजनाहरू प्रभावित हुने र निर्माण नै ठप्प हुने परिस्थिति सृजना भएको भन्दै उनले निर्माण व्यवसायीहरूले बैंक ग्यारेन्टी, बिमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्थामा सहजीकरण गर्न सरकारसँग अनुरोध गरे ।
रासस

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.