राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १) देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।
वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न पटक पटक अनुरोध गरेको छ । नयाँ सरकारको अनुरोधअनुसार उनले राजीनामा दिएको बुझिएको छ ।
