Connect with us

राजनीति

तीनकुने घटनामा आज फैसला आउन सक्ने

Published

on

गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसमा आज अन्तिम दिन हो । आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदैछन् ।

प्रतिवादीतर्फका कानुन व्यवसायीले बहसमा उठाएका विषयहरूमा काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।

मेडिकल व्यवसायी प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा.सुरेन्द्र भण्डारी, टंक दुलाल, डा.भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ताहरु दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र मनिष पाण्डेले बहस गरेका थिए ।

सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउने छ । आजै फैसला आउन सक्ने बताइएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.