Connect with us

राजनीति

संसदमा रास्वपा र राप्रपाको अवरोध जारी

Published

on

प्रतिनिधिसभाको् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध जारी राखेका छन्। आज आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका असिम साह र राप्रपाका धवलशमशेर राणाले आफ्ना धारणा राखेर संसद् अवरोध कायमै हुने बताएका थिए।

त्यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक अगाडि बढाएपछि रास्वपा सांसदहरुले यसअघि झै वेल घेरेर नाराबाजी गरेका छन्। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै रास्वपा र राप्रपाले गत जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आइरहेको छन्।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.