Connect with us

राजनीति

कांग्रेसमा विशेष महाधिवेशन पक्षधर विरुद्ध नियमित महाधिवेशन पक्षधरले बोलाए विशेष भेला

Published

on

नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरका विरुद्ध नियमित महाधिवेशन पक्षधरहरूले पनि विशेष भेला बोलाएका छन्। नियमित महाधिवेशन पक्षधरहरूले भोलि बिहीबार बिहान साढे ११ बजे गौशालामा रहेको अनुपम फुडल्याण्डमा भेला बोलाएका हुन् ।

भेला बोलाउनेमा संस्थापन र डा.शेखर कोइराला नेतृत्वको इतर समूहका नेता छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आयोजना हुन लागेको भेलाको आयोजना गर्नेमा कांग्रेस बागलुङका सभापति जित शेरचन, तरुण दलका पूर्वमहामन्त्री भुपेन्द्रजंग शाही, मनहरि श्रेष्ठ, बद्री अर्याल, बिजुला बर्मा, पुष्प शाही, लाओस राई, दीपक भट्टराई, शिव रिमाल, प्रेमिका रानामगर, भुवन भट्ट, विपिन अधिकारी, इन्दु शर्मा लगायतका छन् ।

कर्ण, शाही, राई, भट्टराई, अर्याल, रिमाल, रानामगर नेता डा. कोइराला समूहका हुन् । त्यस्तै शेरचन, श्रेष्ठ, पुष्प शाहीलगायत संस्थापनका हुन् । शेरचनले १४ औँ महाधिवेशनका क्रममा नेता कृष्ण सिटौलाको प्यानलबाट बागलुङको सभापति जितेका थिए । कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा तीव्र बहस भइरहेका बेलामा दुवै पक्षमा आ–आफ्नो पक्षमा माहौल देखाउन विशेष भेला बोलाइरहेका छन् । कांग्रेसको संस्थापन र नेता डा. कोइराला समूह नियमित महाधिवेशनको पक्षमा छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । महामन्त्रीद्वय शर्मा र थापाको अगुवाइमा नेता गुरुराज घिमिरेको नेतृत्वमा संकलन भएको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर गत असोज २९ गते पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.