अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिह्नमा सहमति भएको छ । तीन पार्टीबीच आज आइतबार अपरान्ह सहमति भएको हो ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जाँतो (चकिया) चिह्नमा चुनाव लड्ने गरी तीन दलबीच सहमति जुटेको छ । उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “विचार मिल्ने अन्य पार्टीलाई पनि एकल चुनाव चिह्नमा आउन आह्वान गर्दछौँ ।”