Connect with us

राजनीति

हर्क साम्पाङको हरेराम, पार्टीको मुख्य सिद्धान्त ‘हर्कवाद’

Published

on

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले प्रमुख सिद्धान्तका रुपमा ‘हर्कवाद’ लाई अपनाउने भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ले आज ‘हर्कवाद’ को अवधारणा सार्वजनिक गरेका छन् ।

श्रम संस्कृति र प्रविधिको प्रयोगले मात्रै देशको उन्नति गर्न सक्ने उनको ठहर छ । पार्टीको सिद्धान्त सार्वजनिक गर्दै साम्पाङले अनिवार्य श्रम र श्रमदानको नीति र निरन्तरको अभ्यासले मात्रै समाजमा व्याप्त अभाव, गरिबी, विभेद हट्ने बताए । उनले भने, ‘गरिबी र अभावबाट उत्पन्न द्वन्द्व, लडाइँ, विनाश र अशान्तिको अन्त्य गर्न सकिन्छ । त्यो नै मूल राजनीतिक दर्शन हो । त्यो नै हर्कवाद हो ।’

हर्कले सार्वजनिक गरेको पार्टीको सिद्धान्तको पूर्ण पाठ यस्तो छः

राजनीतिक तथा शासकीय सुधार
कार्यकारी प्रमुखः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र उपराष्ट्रपति हुने।
समावेशी व्यवस्थाः राष्ट्रपति र उपराष्ट्रपति फरक-फरक लिंग र जातिका हुनुपर्ने।
मन्त्रीपरिषद्ः विज्ञहरूको समावेशी मन्त्रीपरिषद् हुने।
सांसदको भूमिकाः सांसद मन्त्री बनेको खण्डमा सांसद पद निलम्बन गरिने।
न्यायपालिका र व्यवस्थाः संघात्मक शासन प्रणाली, स्वतन्त्र र निष्पक्ष न्यायपालिका हुने। संघमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्था रहने।
निर्वाचन प्रणालीः पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाइने।
प्रतिनिधित्वः प्रतिनिधिसभामा जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गरिने।

राष्ट्रियता र परराष्ट्र नीति
अखण्डताः भौगोलिक अखण्डता कायम राखिने।
सीमा सुरक्षाः सीमा अतिक्रमणमा रोक लगाई नेपाली सेनालाई सीमामा खटाइने।
वैदेशिक नीतिः असंलग्न परराष्ट्र नीति लिइने।
नागरिकताः नेपाली नागरिकसँग विवाह गरेर आएका विदेशी नागरिकले पाँच वर्ष बसेपछि र विदेशको नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता पाउने।
आइएनजिओः देशमा क्रियाशील सबै आइएनजिओ खारेज गरिने।

शिक्षा र युवा
शैक्षिक ढाँचाः हप्तामा ३ दिन मात्र पढाइने र बाँकी ४ दिन उत्पादन र साहित्यमा लगाइने।
जीवन उपयोगी शिक्षाः १२ कक्षासम्म पढ्दा विद्यार्थीलाई खाना पकाउन र लुगा सिउन सिकाइने।
अनिवार्य तालिमः १२ कक्षा पासपछि अनिवार्य सैनिक तालिम दिइने, त्यसपछि मात्र उच्च शिक्षा लिन पाउने व्यवस्था गरिने।
शिक्षक राजनीतिः शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन रोक लगाइने।
युवा आयोगः जेनजीको गुनासो सुन्न छुट्टै आयोग बनाइने।

आर्थिक नीति र श्रम
कर प्रणालीः वैज्ञानिक कर लागु गरिने (धनीबाट बढी लिएर गरिबलाई छुट दिइने) ।
श्रमदानः सबै नागरिकलाई श्रमदानमा जोडिने।
अर्थव्यवस्थाः स्वदेशी उत्पादन र बजारलाई प्राथमिकता दिइने। ‘एक गाउँ एक उद्योग’ स्थापना गरिने।
सार्वजनिक खर्चः सरकारी चालु खर्च कटौती गरिने र आर्थिक रूपमा मितव्ययी हुने।
सामाजिक सुरक्षाः श्रम गर्नेलाई निःशुल्क स्वास्थ्य सेवा दिइने। गरिब जनताको पहिचान गरी गास, बास र कपासको व्यवस्था गरिने।
स्वरोजगारः ‘एक घर एक स्वरोजगार’ नीति लागु गरिने।
विदेशी लगानीःअन्तर्राष्ट्रिय लगानी ९निसर्त० मात्र लिइने।

सुशासन र अन्य
धर्मनिरपेक्षतास् राज्यको कुनै धर्म हुने छैन र कसैलाई काख कसैलाई पाखा गरिने छैन। कसैको करकापमा धर्म परिवर्तन गर्ने नदिइने।
प्रशासनिक सुधारः सरकारी कर्मचारीलाई गल्ती गरेमा सरुवा मात्रै होइन जागिरबाटै हटाइने।
ःगैरराजनीतिकरणः पत्रकार, सरकारी कर्मचारी, र न्यायलयलाई गैरराजनीतिक बनाइने।
पारदर्शिताः बैठकहरू लाइभ गरिने।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.