Connect with us

राजनीति

बाबुराम, जनार्दन संरक्षकत्वको पार्टीले संगठन विस्तार गर्न सबै प्रदेशमा खटायो प्रतिनिधि (सूचीसहित)

Published

on

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा खुलेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को सबै प्रदेशमा प्रतिनिधि तोकेको छ। अध्यक्ष परिषद्को अध्यक्ष दुर्गा सोवले प्रदेशहरूमा संयोजन गर्नको लागि प्रतिनिधि तोकेर परिपत्र गरेकी छन् ।

प्रतिनिधिहरूलाई ज्येष्ठताको आधारमा बैठक बसी पार्टीको काम कामलाई अगाडी बढाउन र जिल्लादेखि सम्भव भएसम्म स्थानीय तहसम्मै संगठन विस्तार गर्न निर्देशन दिएको छ। रास्वपाबाट प्रलोपा पुगेका सन्तोष परियार समूह र जेनजी समूहको तर्फबाट पछि थप गर्ने गरी अहिले प्रतिनिधि तोकिएको परिपत्रमा उल्लेख छ।

हेर्नुहोस्, प्रतिनिधिहरुको सूची

कोशीः केदार गुरागाईँ, मदन भट्टराई, शम्भु चौधरी, हेमन्त राई

मधेशः आनन्द कुमार यादव, छठु चौधरी, प्रमोद मण्डल, मदन यादव, नवीन यादव, नवीन राय यादव, राजेश सिंह, सुरेश चौधरी, हसन्जन अन्सारी

बागमतीः आशा तामाङ, एक बहादुर राना, गोकर्ण अधिकारी, विष्णु हरि ढकाल, मान बहादुर तामाङ, राजन गौतम

गण्डकीः टिकाराम पौड्याल, दुर्गा गुरुङ, फडिन्द्र देवकोटा, बाबुराम नेपाली, नेत्र चापागाईँ, यज्ञ वल्लभ शर्मा, क्षितिज सापकोटा

लुम्बिनीः चिनक कुर्मी, पंकज राई, यज्ञ पोख्रेल, लक्ष्मी प्रसाद भट्टराई, लुमाकान्त न्यौपाने, हिक्मत विक

कर्णालीः प्रबल लाल शाही, मुनबहादुर नेपाली, राजेन्द्र बुढा, लक्ष्मी प्रसाद भट्टराई

सुदूरपश्चिमः गोविन्द साउद , दीपक साउद, दीपेन्द्र शाही, धर्म विश्वकर्मा, रामबहादुर देवकर ९रक्तविज०, सत्यदेवी चापागाईँ, हरि तिमिल्सिना

गैर भूगोलः इन्दिरा वास्टकोटी, एकराज शर्मा, गणेश कुँवर, गोरछे महतरा, जेकेन्द्र श्रेष्ठ, दिनेश जयसवाल, बद्री चुँडाल, बाबुराम भट्टराई, विनीता शाही, विष्णु प्रसाद पौडेल, विमला पुरी, मानसिंह ठकुरी, मीनराज आचार्य, मीनबहादुर तामाङ, रामप्रसाद न्यौपाने, रमेश खड्का, शारदा भट्टराई ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.