Connect with us

राजनीति

भोलि सर्वदलीय बैठक बस्दै

Published

on

सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बोलाएको छ ।

संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई भोलि बुधबार अपराह्न १ बजे सर्वदलीय बैठकका निम्ति आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राससलाई जानकारी दिए । 

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको  सिफारिसअनुसार यही चैत १९ गते अपराह्न २ः०० बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । सोही अनुसार संसद्को पहिलो बैठक यही चैत १९ गते अपराह्न २ बजे बस्दैछ ।

बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने छ । प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.