संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । आज (चैत २३) बिहान ११ बजे सर्वदलिय बैठक बोलाएको सचिवालयले जनाएको छ ।
संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी छ ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक पनि बस्दै छन् ।