Connect with us

अर्थ

सशस्त्र प्रहरीद्वारा १४३ वटा सवारी साधनमा साढे ४ करोडको अवैध सामान बरामद

Published

on

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा गण रौतहट र मातहतका युनिट हरुले साढे ४ करोड बढीको अबैध सामान सहित ओसार पसारमा प्रयोग गरिएको १४३ सवारी साधन बरामद गरेको छ।

यस आर्थिक वर्षको गत साउन देखी यही बैशाख १३ गतेसम्म अबैध चोरी तस्करी नियन्त्रणमा  ४ करोड ५१ लाख ६५ हजार ७ सय चौरहत्तर बराबरको विभिन्न अबैध सामानहरु बरामद गरी राजश्व अनुसन्धान कार्यालय तथा भन्सार कार्यालयमा दाखिला गरिएको छ।

तस्करीको अवैध सामान ओसार पसारमा प्रयोग गरिएका तथा अवैध १४३ वटा सवारी साधन र बिभिन्न अपराधिक गतिबिधि तथा घटनामा संलग्न १८ जना ब्यक्तिलाई प्रकाउ गरि कारवाहीको दायरामा ल्याईएको छ।    

सशस्त्र प्रहरी बल नम्बर ११ हेक्वा रौतहटको १८ स्थापना दिवसको अवसरमाआयोजित बिशेष समारोहका बीच सशस्त्र प्रहरीका जिल्ला प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बैशाख १३ गतेसम्म भएको उपलब्धिको प्रतिबेदन सार्वजनिक गरेका थिए। सोही अवधिमा भारतसँगको ३२ किलोमिटर लामो अन्तराष्ट्रिय सीमाको सुरक्षालाई थप व्यवस्थित बनाउन लागिपरेको उनले बताएका थिए।

सीमा क्षेत्रका शान्ती सुरक्षा प्रभावकारी बनाउन १३८ पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको, ९ वटा स्थानमा दशगजा अतिक्रमण हटाईएको, सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत १ वटा सार्बजनिक शौचालयको निर्माण, ३ वटा चापाकल निर्माण र १ वटा सार्वजनिक चौतारा निर्माण कार्य सम्पन्न गरिएको एसपी बस्नेतले प्रतिवेदनमार्फत बताएका थिए। 

लागु औषध सीमा अपराध जस्ता बिषयमा ११७ वटा सचेतनामुलक कक्षा संचालन गरिएको छ। विपद्जन्य घटनाहरुमा उद्दार, राहत तथा पुनस्थापना जस्ता कार्यमा अहोरात्र खटिदै आईरहेको छ । जिल्लामा बाढी तथा डुबान, आगलागी, सवारी दुर्घटना लगायतका १६६ वटा घटनाहरुमा ९१७ जना जनशक्ति परिचालन गरिएको उनले बताएका छन्।

बर्षायामको समयमा घट्ने बाढीको डुबानका घटना तथा उद्धार सम्बन्धी विविध पक्षलाई समावेश गरी २ पटक संयुक्त कृत्रिम घटना अभ्यास संचालन गरिएको उनले बताएका छन्।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी छिन्नमस्ता बाहिनी बर्दिवासका निमित प्रमुख एसएसपी सूर्यबहादुर सेन ओलीले सशस्त्र प्रहरीको जन्म एक बिशेष अवस्थामा भएको हुनाले  हरेक दृष्टिकोणले बिशेष परिस्थितिको सामना गर्नुपर्ने बताए ।

सशष्त्रको ब्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्र मुलुकको आवश्यकता भन्दा माथी नहुने उनले बताएका थिए। रौतहटस्थित केही सशस्त्र बेस पतीले आफ्नो कर्तब्य बिर्सिएको जस्तो देखिएकाले बेला मै सचिन एसएसपी ओलीले सुझाव दिएका थिए।  

बिगत १८ महिना एसपिको रुपमा काम गरिसकेको रौतहटमा एसएसपी बनेर प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्न पाएकोमा गर्व र खुसी दुवै महसुस भएको बताएका थिए। 

कार्यक्रमका विशिष्ठ अतिथी राजदेवी नगरपालिकाका मेयर भिखारी यादवले बोर्डर छेउमा सशस्त्र बेस बोर्डर आउट पोष्टहरु स्थापना देखी आपराधिक क्रियाकलापमा कमी आएको बताएका थिए। विगतमा रातिराति भारतीय डाँकाहरु सीमावर्ती गाउँहरुमा आउने गर्दथे, लुटपाटबाट जोगिन गाउँलेहरु रातभरी जाग्राम बस्नु पर्ने वाध्यता थियो। तर सशस्त्र प्रहरीको उपस्थितिबाट शान्ति सुरक्षा कायम भएको उनको भनाइ छ ।

अवसरमा नेपाली सेनाका कर्णेल किशोर अधिकारी , नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह, सशस्त्र प्रहरी सर्लाही र बाराका एसपी द्धय,बिभिन्न कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रमुखहरु, सीमावर्ती पालिकाका वडा अध्यक्षहरु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।

सोही अवसरमा प्रमुख अतिथि एसएसपी ओलीले रेडक्रस सोसाइटी रौतहटका सभापती राजकिशोर यादव, पूर्वाधार विकास कार्यालय गौरका प्रमुख धर्मेन्द्र कुमार मिश्र संगै वर्षभरिमा बिभिन्न बिधामा उत्कृष्ट सशस्त्र प्रहरीका ५४ जनालाई सम्मान गरेका थिए।
 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.