Connect with us

राजनीति

बामदेव गौतमले एकीकृत समाजवादीका नेताहरुलाई भने- ‘काम नदिए पार्टीमा बस्न सक्दिनँ’

Published

on

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले काम दिन नसके पार्टीमा लामोसमय बस्न नसक्ने बताएका छन् । आज बुधबार कीर्तिपुरमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर, कार्यक्षेत्र दिएर काममा लगाउन अग्रह गरेका हुन् ।

केही दिनअघि मात्र एकीकृत समाजवादीमा समाहित भएका नेतथा गौतमले पार्टी नेतृत्वलाई आफ्नो लागि कामसहितको पद सिर्जना गर्न आग्रह गर्दै भने, ‘काम बिनाको पद मलाई चाहिँदैन । काम नदिए लामो समयसम्म पार्टीमा बस्न सक्दिनँ ।’

उनले थपे, ‘मलाई के पद दिने भन्ने विषय उठेको छ, मलाई चाहिन्न पद’ मैले त्यो पहिला पनि भनेको छु । मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरूले कुन पद सिर्जना गर्नुपर्छ रु कामसहितको सिर्जना गरिदिनुस् ।’ उनले आफूलाई कुनैपनि हालतमा पद नचाहिने बताए । उनले भने, ‘तर म कामविना म बस्दा पनि बस्दिनँ ।’

नेता गौतमले काम गरी बस्न नसक्ने आफ्नो चरित्रबारे उल्लेख गर्दै भने, ‘यदि पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म धेरै लामो समय तपाईंहरूसँग बस्न सक्दिनँ । मलाई काम गर्ने क्षेत्र चाहियो ।’

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.