Connect with us

समसामयिक

अन्त्येष्टिका लागि विपिन जोशीको शवयात्रा

Published

on

प्यालेष्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेको अवस्थामा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको गृहजिल्ला कञ्चनपुरमा आजै बिहानै शवयात्रा गरिएको छ । जोशीको अन्त्येष्टि अघि शव यात्रा गरिएको हो । महेन्द्रनगरस्थित घरबाट शवयात्रा गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिँदै छ ।

दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास पनि सहभागी भएका छन् । हिजो इजरायलबाट काठमाडौं हुँदै जोशीको पार्थिव शरीर राति ८ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्याइएको थियो। राजदूत र दूतावासका कर्मचारीहरु पनि शवसँगै हिजो जोशीको घरमा पुगेर उनका मातापिता र बहिनीलाई सान्त्वना दिएका थिए ।

काठमाडौं विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू तथा उच्च सरकारी अधिकारीहरूले स्वर्गीय जोशीप्रति राजकीय श्रद्धाञ्जली अर्पण गरेका थिए। नेपाली सेनाको विमानमा राखेर धनगढी पुर्याएपछि पार्थिक शरीरलाई घर पुर्याइएको थियो ।

२०२३ अक्टोबर ७ मा इजरायलमा भएको हमास आक्रमणमा विपिनलाई बन्धक बनाइएको थियो। उनको अवस्था दुई वर्षसम्म अज्ञात रहेकोमा असोज २७ गते मृत्युको पुष्टि भएको थियो । अघिल्लो सोमबार हमासले विपिनको शव इजरायललाई हस्तान्तरण गरेपछि उतै पोष्टमार्टम गरेर हिजो ल्याइएको हो ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.