Connect with us

राजनीति

कांग्रेस सभापति देउवा दम्पति राति सिंगापुर उड्दै

Published

on

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि आज राति सिंगापुर प्रस्थान गर्दै छन् । श्रीमती डा. आरजू राणा देउवासहित सभापति देउवा राति ११ बजे सिंगापुर एअरलाइन्सको उडान नम्बर एसक्यु ४४१ मा प्रस्थान गर्ने कार्यक्रम छ ।

भदौ २४ गतेको जेनजी विध्वंशको क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रमण गरी देउवा दम्पतीलाई घाइते बनाइएको थियो । आगो लगाएर निवास समेत खरानी बनाइएपछि उनीहरु झण्डै तीन साता सैनिक अस्पतालमा उपचाररत थिए । देउवाको टाउँकामा १२ वटा टाँका लगाउनु परेको थियो ।

हाल जावलाखेलस्थित ससुरालीमा बस्दै आएका देउवा असोज २८ गते काँग्रेस केन्द्रीय कार्यालयमा सार्वजनिक भएर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । त्यस यता सार्वजनिक कार्यक्रममा कतै नदेखिएका देउवा थप उपचारको लागि सिंगापुर जान लागेका हुन् ।

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.