अधिवक्ता स्वागत नेपाललाई प्रहरीले पुनः बयानका निम्ति बोलाएको छ हिजो आइतबार (कात्तिक ९) मा नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले नेपालसँग करिब ६ घण्टा लामो बयान लिएको थियो । आज सार्वजनिक बिदा भएकोले भोलि मंगलबार (कात्तिक ११) मा पुनः बयानका निम्ति उनलाई बोलाइएको प्रहरीले जनाएको छ ।
ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार सोमबार (कात्तिक १०) सार्वजनिक बिदा भएकाले उनलाई थप बयानका लागि भोलि मंगलबार बोलाइएको छ । अधिवक्ता नेपालमाथि प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध सामाजिक सञ्जालमार्फत आपत्तिजनक प्रतिक्रिया दिएको आरोप छ ।