स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि आयोगले ३२ जना जिल्ला न्यायाधीश र ६ जना राजपत्राङ्कित कर्मचारीलाई अधिकृत तोकिएको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
आयोगले कोशी प्रदेश अन्तरगत ग्रामथान गाउँपालिकाको अध्यक्षको निर्वाचनका लागि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईलाई अधिकृत तोकेको छ । बागमती प्रदेश अन्तरगत किर्तिपुर नगरपालिकामा सर्वोच्च अदालतको उपरजिष्ट्रार इन्दिरा कार्कीलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको छ।
कर्णाली प्रदेश अन्तरगत दैलेखको महाबु पालिकाको अध्यक्षको निर्वाचनका लागि जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेलाई निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले ३० कात्तिकमा सम्बन्धित स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने समेत जनाएको छ । दुई जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख सहित १६ मंसिरमा निर्वाचन हुँदैछ ।
हेर्नुहोस् निर्वाचन अधिकृत अधिकृतहरुको सूची