Connect with us

राजनीति

अमेरिकाले भेनेजुयलामा गरेको आक्रमणमा पूर्वप्र.म. झलनाथ खनालको टिप्पणीः भेनेजुएलाको सार्वभौम सत्तामा हस्तक्षेप

Published

on

पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण अपराधपूर्ण भएको बताएका छन् ।

उनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अमेरिकाको ट्रम प्रशासनको डेल्टा फोर्सले ल्याटिन अमेरिकाको सानो मुलुक भेनेजुएलामाथि १५० लडाकु एयरक्राप्टबाट नाङ्गो र क्रूर हमला गरेको छ । त्यहाँका कैयौँ नागरिकको हत्या गरेको छ, सैनिकको हत्या गरेको छ, सैनिक संरचना ध्वस्त पारेको छ र भेनेजुएलाका निर्वाचित र वैधानिक राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसलाई जबरजस्त अपहरण गरेर अमेरिका पुर्याइएको छ । यो भेनेजुएलाको सार्वभौम सत्ताको ठाडो उल्लंघन हो, अन्तर्राष्ट्रिय कानूनलाई खिल्ली उडाउने कार्य हो र अत्यन्त लज्जास्पद ढङ्गले गरिएको घोर अपराधपूर्ण कार्य हो । म हाम्रो पार्टी र सम्पूर्ण नेपाली जनताको तर्फबाट यो निर्लज्ज अमेरिकी कारवाहीको कडा शब्दमा निन्दा र भर्त्सना गर्दछु ।’

खनाले भेनेजुएला र राष्ट्रपति मदुरोमाथि अमेरिकी प्रशासनले धेरै अघिदेखि गिद्धेदृष्टि लगाइरहेको बताउँदै भेनेजुएला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको देश भएकाले अमेरिकीहरूले भण्डार कब्जा गर्न र लुट्न चाहेको बताएका छन् । मदुरोको सरकार यसका लागि सबैभन्दा ठूलो अवरोध बनेकाले अवरोध पन्छाउन ट्रम्प प्रशासनले ‘ड्रग ट्राफिकिङ’को फुट र नक्कली बहाना सिर्जना गरेर एउटा देश र त्यसका वैधानिक रुपले निर्वाचित राष्ट्रपतिमाथि पासाविक पाराले आक्रमण र अपहरण गरेको खनालले बताए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.