Connect with us

तथ्य खोज

काठमाडौ स्कुल अफ लः नागरिक समाज र नेपाल बार एसोसियसन कहिलेसम्म रमिते ?

Published

on

काठमाडौं स्कुल अफ ल मा भएको भनेर लान्छना लगाइएको घटनामा पक्ष वा विपक्ष जे सुकै होस्, नागरिक समाज र नेपाल बार एसोसियसनले कित्ता स्पष्ट गर्नुपर्छ । मानिसले मानिस वा संस्था चिन्ने अफ्ठ्यारो परिस्थितिमै हो ।

घटना एक
सन् २०२२ मा क्यानडाका मानवअधिकार विज्ञ कोलिन मे अल्बर्टा प्रादेशिक मानव अधिकार आयोगको सदस्य नियुक्तिका लागि प्रस्तावित भए । तर, उनले १३ वर्ष अगाडि लेखेको एउटा लेख खोतलेर केही ‘उग्रपन्थी अधिकारवादी’ हरुले कोलिन मे इस्लाम बिरोधी भएको ‘करार’ गरे । तुरुन्तै सामाजिक संजालमा ‘आगो’ दन्काइयो । माफ माग्न फर्मान जारी गरियो ।

सामाजिक सञ्जालमा रातारात अधिकारवादी, समानतावादी आदिका नाममा केही ‘भिजिलान्ते’ समूह खडा भयो । उनीहरुले आफूलाई संसारका सबैभन्दा ‘सफा मानिस’ भएको दाबी गर्दै पुनः जोड गरेर भन्न थाले कि, ‘कोलिन मे ले माफी माग्नु पर्छ । केही दिनमै मे लाई भीडले इस्लाम विरोधी विद्वानका रुपमा ‘स्थापित’ गर्यो ।

यसपछि समाजको प्रवुद्ध वर्ग समेत सार्वजनिक सञ्जाल, सञ्चार माध्यम, भीडको प्रभावमा परेर कोलिन मे को सिफारिस रद्द गर्नु पर्छ भन्दै प्रकट भयो । अनि मे विरुद्ध सुरुमा योजना बनाउने केही निहित स्वार्थ भएका व्यक्तिले समालोचनाहीन भीडको महंगो अज्ञानताबाट आफ्नो नियत पूरा गर्यो ।

घटना दुई
विज्ञानले प्रमाणित गरेको कुरा हो कि अधिकांश मानिसका निर्णयहरू पूर्वाग्रहले निर्देशित हुन्छन् । मानव निर्णयहरूमा प्रायः विवेकमाथि भावनाले रजाइँ गरिरहेको हुन्छ । एउटा व्यक्तिको सुविचारित एवम् सनकपूर्ण निर्णय तथा प्रस्तुतिका कारण अर्को व्यक्ति वा समूह लान्छना लगाउने पात्रभन्दा बढी पीडित हुन पुग्यो भने पनि निश्चित तप्काले पहिलोको जिकिर नै सही ठानिरहन्छ । उनीहरु आफ्ना पूर्ववत् विश्वास, निर्णय र निश्कर्षमा अडान राखिरहन्छन् ।

त्यसैले त नोबेल पुरस्कार विजेता ड्यानियल कानेमन भन्छन्– मानिस स्वभावैले तर्कशून्य (इ¥यासनल) प्राणी हो । मानवीय निर्णयहरूमा अन्तर्ज्ञान (इन्ट्युसन) र तर्क (¥यासन्यालिटी) को लडाइँ हुन्छ । कानेमनका अनुसार, मानिसको दिमागले दुई किसिम (उनले सिस्टम १ र सिस्टम २ भनेका छन्) ले निर्णय लिने गर्छ । एउटा हो- तत्काल, स्वचालित, भावनात्मक, रूढिगत निर्णयशैली, जुन अन्तर्ज्ञानबाट निर्देशित हुन्छ (सिस्टम १), जसलाई हामी मनको आवाज/आदेश पनि भन्छौं । अर्को हुन्छ- लामो प्रयत्नमार्फत तथ्य/प्रमाण जुटाएर लिइने सुझबुझ र तर्कसंगत सचेत निर्णय (सिस्टम २), जसलाई हामी विवेकपूर्ण निर्णय भन्छौं । अक्सर मानिसले लिने निर्णयहरूमा धेरै सोचविचार गर्न नपर्ने त्यो छोटो बाटो हावी हुन्छ किनभने त्यो सहज हुन्छ । थप, हामीलाई अरूको भन्दा आफ्नो मनको कुरा बढी विश्वसनीय लाग्छ । (श्रेष्ठ उत्तम बावु, १० भदौ २०७७ कान्तिपुर दैनिक, महामारीमा विस्वासले छोपेको विज्ञान)

माथि उल्लेखित घटना एवम् प्रवृतिले के पुष्टि गर्छन भने कतिपय अवस्थामा कुनै पात्र वा संस्थाको सृजनशील विगत र साखमाथि हिलो छ्याप्नु पर्यो भने त्यस्तो मानिस/संस्था विरुद्ध सुरुमा निहित योजना भएकाहरुले केही नीच आक्षेप लगाउँछन् । नीच आक्षेपको हिलो छ्यापिसकेपछि ढोल पिटेर माग राखिन्छ कि, ‘उ अनैतिक हो । उसलाई कारबाही हुनुपर्छ । माफी माग्नु पर्छ । निलम्बन हुनुपर्छ’ आदि आदि । यो लोकप्रियताको शिखर चढेको अब्बल व्यक्ति तथा संस्थामाथि उनीहरुको स्थापित परिचय धुलिसात् पार्न रचिने पहिलो उपाय एवम् नियम हो । संसारमा यस्ता थुप्रै उदाहरण छन् ।

८ मार्च, २०२५ को मध्यराति अर्थात २४ फागुन, २०८१ को मध्यराति यता काठमाडौं स्कुल अफ ल र त्यसका कार्यकारी निर्देशक एवम् १४ जना बढी शिक्षकहरुलाई एउटै बास्केटमा हालेर हिलो छ्यापिएको छ । अनि मुख्य गरी कार्यकारी निर्देशक प्राध्यापक युवराज संग्रौला (विद्यावारिधि) लाई खास निसाना साँधेर ‘बहिष्करण, निलम्बन, कारबाही’ गर्नु पर्छ भन्नेसम्मका प्रचारहरु गरिएका छन् । संग्रौलामाथि लगाइएको लान्छनामा आम सर्वसाधारण भने नियोजित आक्षेपधारी र प्रचारकहरुका अघि कुहिरोको काग जस्तै अज्ञात बन्न पुगेका छन् । अझ् एउटा पक्ति हो मा हो थप्दै ‘झ्याली झ्याम्टा’ बजाएर चिच्च्याइरहेको छ ।

योजना अनुसार प्रा. संग्रौलालाई नियोजित रुपमा समाप्त गर्ने ‘तारो’ को संस्कार बनाउन खोजिएको छ । जसका लागि पहिलो नियम रचिएको छ, एकमुष्ट वा गोस्वारा आरोप लगाउ । दोस्रो नियम हो, सामाजिक सञ्जालमा गोस्वारा आरोपलाई भाइरल बनाउ । तेस्रो नियम हो, कोही, केहीले आफू पनि सरोकारवाला भन्दै मौकाको फाइदा उठाई आफैं अश्लिल पात्रलाई नियोजित अभियानको नायक बनाउ । चौथो नियम हो, पीडक वा गल्ती गर्ने मानिस भनेर प्रचार गरिएको, खासमा वास्तविक पीडित, लाई दुःख दिन जबरजस्ती सरकारी संयन्त्र प्रयोग गर । पाँचौ नियम हो, उसमाथि थोपरिएको लान्छनामा टेकेर उसैलाई दोषी करार गर । र छैटौं नियम हो, निहित योजना पुरा गर्न एउटा अब्बल व्यक्ति र संस्थालाई समाप्त गर ।

हो, एकपछि अर्को गरी घटनाक्रमले पुष्टि गरिरहेको छ, काठमाडौं स्कुल अफ ल र कार्यकारी निर्देशक प्रा. संग्रौला विरुद्ध अहिले यही ‘नाटक मन्चन’ भइरहेको छ । काठमाडौ स्कुल अफ ल लाई समाप्त गर्ने नियोजित योजना बनाएका मानिसको समूह काठमाडौंमा भेला हुन्छ । छलफल चल्छ र एकजना पूर्वविद्यार्थीलाई ‘मोहडा’ बनाएर (ती विद्यार्थी पटक–पटक आफैं स्वीकार गर्छिन कि १. मैंले आफ्ना लागि होइन, अरुका लागि न्याय माग्न खोजे । २. तिमीहरुले मलाई यो काम गर्न लगायौं । अहिले तिमीहरु आरामसँग बस्ने । मैंले चाहिँ दुःख पाउनु पर्ने ? भाव) प्रा. संग्रौला लगायतका अन्य थुप्रै शिक्षकमाथि यौन, लैंगिक दुर्व्यवहारको आक्षेप सामाजिक सञ्जालमार्फत लगाइन्छ । तत्काल एउटा अनलाइन पोर्टलले “पूर्वमहान्यायाधिवक्ता युवराज सङ्ग्रौलाले ‘यौन दुर्व्यवहार’ गरेको विद्यार्थीको आरोप” समाचार प्रकाशित गरेर स्टाटसलाई अझ् भाइरल बनाउने प्रयत्न गर्छ । भलै त्यसमा प्रा. संग्रौलाको भनाइ पनि राखिएको छ । त्यसमा मुलधारे दाबी गर्ने अरु एकाध ‘मिसन पत्रकार’ र पत्रिका प्रयोग हुन्छ ।

लगत्तै एकपछि अर्को गरी शिक्षकहरु प्रकाश के.सी., अनिल श्रेष्ठ, ज्ञानु गौतम, भीष्म संग्रौला, रुविन श्रेष्ठ लगायत १४ जनाको नाम जोडेर ‘यो त ठूलो काण्ड रहेछ । काठमाडौं स्कुल अफ ल मा यौन दुर्व्यहारी, लैगिक हिंसाकारीको जमात मात्र रहेछ’ भन्ने भ्रम सिर्जना गरिन्छ ।

विवेकशील व्यक्तिले आक्षेप नियोजित हो भन्ने बुझ्न धेरै ‘पापड’ पेल्नै पर्दैन । क्षणभरका लागि मानिदिउँ, दुर्व्यवहार भएकै रहेछ रे, दुर्व्यवहारी एक जना होला, दुई जना होला । कानूनी शिक्षा पढेका, त्यसको पैरवी र पहरेदारी गरिरहेका, मानवअधिकारका अभियान्ता बनिरहेका एउटै संस्थामा कार्यरत दर्जनभन्दा बढी व्यक्ति दुर्व्यवहारी हुन सक्छन् ? जो सोच्न पनि नसकिने कुरा हो ।

आक्षेपसँगै पुर्ववत योजना अनुसार धमिलो पानीमा माछा मार्ने समूह तयार हुन्छ । उनीहरुले पीडितलाई सहयोग गरेको नाममा संस्था, कार्यकारी निर्देशक र शिक्षकका परिवारलाई थप पीडित बनाउँछन् । कोही, केही प्रा. संग्रौलाको व्यवसायिक जीवनका बारेमा प्रश्न गर्न र शिक्षकले गरेका दुर्व्यवहार संकलन गर्ने भन्दै समूह बनाउन थाल्छन् । जसमा मुद्दा अभियोजन गर्ने सरकारी वकील एवम् अन्य सरकारी कर्मचारी समेत संलग्न रहेको कुरा सामाजिक सञ्जालमा उनीहरुले पोष्ट गरेको अपिलमा सही गरेबाट देखिन्छ । आश्चर्य के भने घटनाको यथार्थ नबुझेका, हुलमुलममा पछि लागेका अपवाद बाहेक यो घटनालाई उराल्न लागिपरेका अधिकांश पश्चिमा सर्मथक र त्यता जान आतुरहरुको समूह छ ।

अचम्म के भने नागरिक समाज, प्रवुद्ध वर्ग– पक्ष होस् वा विपक्षमा आफ्नो कित्ता स्पष्ट गर्नुको साटो मुकदर्शक भएर एउटा अब्बल व्यक्ति र संस्थामाथिको प्रहार हेरेर बसेका छन् । नागरिक समाजको मुख बन्द छ । स्वयम् बार एसोसियसन औपचारिक रुपमा केही बोल्दैन । जुन छात्राले ‘मैंले आफ्ना लागि होइन, अरुका लागि न्याय माग्न खोजेँ’ भनिरहेकी छन्, तिनका नातेदार आफूले सञ्चालन गरेको सञ्चार माध्यम प्रयोग गरेर प्रा. संग्रौला र संस्थामाथिको प्रहारमा उत्रिएका छन् । सञ्चार माध्यमलगायतमा ‘लविइङ’ गर्न दौडधुप गरिरहेका छन् ।

तर, फेरि पनि अचम्म ! नागरिक समाज, नेपाल बार एसोसियसन टुलुटुल हेरिरहेको छ । मैंले जे गरे पनि कसैले देख्दैनन्, कसैले केही भन्दैनन्, कोही केही बोल्दैनन्, त्यसैले जे पायो त्यही गरौं, जो पायो, त्यसैको शरीर छुँदै हिडौं, तुच्छ शब्द बोल्दै हिडौं भनेर सोच्ने लहडी व्यक्ति होइनन् प्रा. संग्रौला, उनी उच्च ‘सेल्फ अवयरनेस’ व्यक्ति हुन् ।
देशको समस्याका बारेमा अविचलित रुपमा कुरा उठाइरहने एउटा सार्वजनिक बौद्धिक (पब्लिक इन्टलेक्चुअल) मासेर यो समाजले प्राप्त गर्ने के होला ? अब्बल एवम् उन्नत संस्था काठमाडौं स्कुल अफ ललाई अधोगतिमा धकेलेर राज्य वा कुनै अमुक व्यक्तिले के पाउला ?

काठमाडौं स्कूल अफ ल र कार्यकारी निर्देशक युवराज संग्रौलामाथि योजनावद्ध आक्रमण – Nepal Muhar

Continue Reading
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.