पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र संसद सचिवालयमा दर्ता भएको छ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् ।
आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ ।
सभामुख घिमिरेले नेपालकाे सांसद पद निलम्बनमा परेकाे जानकारी अबकाे बैठकमा गराउने छन् ।