सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) को संगठन विभागले सदस्यता नविकरणका लागि नयाँ नियम बनाएको छ । नयाँ नियम अनुसिार सदस्यता नविकरण अघि परीक्षा दिनु पर्ने भएको छ ।
संगठन विभागले जरा अभियानजस्तै जनताको घरघरमा पुगेर जनसेवाको कामलाई निरन्तरता दिने अभियानमा जोड दिएको छ । संगठन विभागले पार्टी सदस्यताको विषयमा केही निर्णयसमेत गरेको छ ।
संगठन विभागको बैठक अनुसार सदस्यता नवीकरणका लागि अनिवार्यरूपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यवस्थामा लैजाने निर्णय गरिएको छ । सदस्यताको अभिलेखीकरणमा जोड दिँदै मतदाताको ६ प्रतिशत संख्या पुर्याउने, सबै (करिब १७ हजार) टोलमा कमिटी गठन गर्ने, सुचारु गर्ने, सबै जिल्लामा संगठनात्मक प्रोफाइल तयार पारिने भएको छ ।
समुदायसँग जनसंगठन’, ‘दुई पुस्ता सँगसँगै’ विशेष अभियान चलाउने साथै हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय समेत भएको छ ।
सदस्यतासम्बन्धी मुख्य निर्णयहरू यस प्रकार छन्
सदस्यता नवीकरणपूर्व अनिवार्य रुपमा परीक्षा दिनुपर्ने (यथासम्भव अनलाइन फर्म भर्नुपर्ने) व्यबस्थामा जाने ।
हरेक बर्ष तोकिएको समयमा नवीकरण गर्ने कामलाई कडाइका साथ स्थापित गर्ने
सम्पूर्ण सदस्यलाई अनलाइनमा अभिलेखिकरण गर्ने काम सम्पन्न गर्ने ।
विस्तारमा निरन्तर जोड दिइरहने र मतदाताको ६ प्रतिशत संख्या पुर्याइ छाड्ने ।
सबै तहका पार्टी कमिटीमा लघु प्रशिक्षण सहितका बैठकको परिपाटी बसालेर स्तर उन्नत गर्ने ।
सम्पूर्ण टोल तहसम्म (करिव १७ हजार टोल) मा पार्टी कमिटीहरु गठन गर्ने, सुचारुगर्ने र अधिवेशन गराउने ।
सबै जिल्लामा नेकपा ९एमाले० को समग्र संगठनात्मक प्रोफाइल तयार पार्ने ।
जनसंगठनका पिंधसम्मका कमिटी निर्माण गरिसक्ने । ‘समुदायसंग जनसंगठन अभियान चलाउने ।
‘दुई पुस्ता संगसंगै’ बिशेष कार्यक्रम चलाउने । हरेक वडामा अग्रज सम्मान र युवा प्रशिक्षण कार्यक्रम संगसंगै आयोजना गर्ने ।
पार्टी कमिटीको संस्थागत क्षमताको विकास कार्यालय सञ्चालन, व्यवस्थापन, डिजिटलाइजेसन र संगठनात्मक डाटा व्यवस्थापन प्रणालीको विषयमा प्रदेश स्तरमा कार्यशाला आयोजना गर्ने ।