Connect with us

राजनीति

भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दाबी

Published

on

नेकपा एमालेका महासचिव शंकर पोखरेलले दुई दुई पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राखेको बिषय कल्पना भन्दा बाहिर रहेको जनाएका छन् ।


बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।

राष्ट्रपति बनाउने समयमा नै फुले  उमेर र क्रियाशीलका हिसावले नेतृ विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले स्मरण गरेका छन् । भण्डारीको निवासमै गएर राष्ट्रपतिमा तपाईले इच्छा नगर्दा राम्रो हुने भन्दै सल्लाहसमेत दिएकोसमेत दावी गरेका छन् । तर, पार्टीले सर्वसम्मत निर्णय गरेपछि उनी राष्ट्रपति भएको पनि दावी गरे ।

‘अहिले दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गरेर पुनः राजनीतिमा फर्किनु होला भन्ने लागेकै थिएन, तर वहाँमा त्यो धैर्यता देखिएन’ उनले भने ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार भण्डारी अब सम्मानित भएर बस्नुपर्छ । ‘पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ, पार्टी पद्धतिको पालना गर्नु हुनेछ भन्ने विश्वास ब्यक्त गरेको छु,’ उनले भने ।  

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.