Connect with us

राजनीति

राप्रपा अध्यक्ष लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई गरे पदमुक्त

Published

on

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई जिम्मेवारीबाट पदमुक्त गरेका छन् । अख्तियार र सम्पति शुद्धिकरण विभागमा ज्ञापनपत्र बुझाएपछि लिङ्देनले गिरीलाईउपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् ।

गिरी मनोनित उपाध्यक्ष हुन् । यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए । हिजै मात्र गिरि अर्का उपाध्यक्ष बिक्रम पाण्डे र महामन्त्रीद्धय धबलशम्शेर जबरा एवम् कुन्ति शाहीले विज्ञप्ति जारी गरेर लिङ्देनलाई स्वेच्छाचारीको पद्वी दिएका थिए ।

पाण्डे, जबरा, र शाही भने राप्रपाका निर्वाचित पदाधिकारी हुन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.