नेकपा (एमाले) केन्द्रीय कमिटीको १० औं बैठकलाई क्षितिज थेवे नेतृत्वको युवा संघले सुरक्षा पहरा दिने भएको छ । भदौ २३ को जेनजी आन्दोलन र २४ को विध्वंसपछि बस्न लागेको एमाले केन्द्रीय समिति बैठकलाई युवा संघले सुरक्षा दिन लागेको हो ।
ओलीको सचिवालयका अनुसार बैठकको सुरुमै अध्यक्षले प्रस्ताव पेस गर्नेछन् । यसपछि मात्र बैठक अगाडि बढ्ने छ । बैठकमा प्रस्तुत गर्ने प्रस्ताव हिजो राति नै तयार पारिसकिएको छ । उक्त प्रस्ताव ओलीले उदघाटन मन्तव्यसँगै पेस गर्ने कार्यक्रम छ ।
युवा संघको पहरा र स्कर्टिङ
जावलाखेल, भनिमण्डलस्थित बैठक स्थलमा राष्ट्रिय युवा संघ नेपालको विशेष सुरक्षादस्ता परिचालित हुने भएको छ । मुख्य मुख्य नेतालाई मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बैठकस्थलमा लगिने संघका उपाध्यक्ष विनय शाहको भनाइ छ ।
उक्त तयारीका लागि मंगलबार बेलुकी बैठकस्थलमै संघको बैठक सम्पन्न भएको शाहले बताए । उनका अनुसार बैठकस्थल रामबाग महलमा १०० जनाको विशेष सुरक्षादस्ताले पहरा दिने छ । नेताहरूको स्कर्टिङका लागि त्यति नै संख्यामा मोटरसाइकल र ५० वटा चारपांग्रे ९कार(जिप० तयार पारिएको उपाध्यक्ष शाहले बताए ।
खाजा र पानीको व्यवस्था
बैठक चल्ने तीनै दिन बैठकस्थलमा दिउँसोको खाजा र पानीबाहेक अन्य खानपिनको व्यवस्था छैन । काठमाडौं बाहिरबाट आएका नेताले बसोबाससहित बिहान(बेलुकीको खानाको व्यवस्था आफैं गर्नुपर्ने केन्द्रीय कार्यालयले जनाएको छ ।
बोल्ने पालो ‘ज्ञ’ बाट सुरु
अध्यक्ष ओलीले बैठकमा प्रस्ताव पेश गरेपछि त्यसउपर बोल्न चाहनेलाई वर्णानुक्रम ९अल्फाबेटिक अर्डर० का आधारमा उल्टोबाट बोल्न दिइने भएको छ । देवनागरी वर्णानुक्रम ‘अ’ बाट शुरू भई ‘ज्ञ’ मा टुंगिन्छ । त्यसअनुसार, उल्टो, अर्थात् ‘ज्ञ’ बाट नाम आउनेदेखि बोल्ने पालो दिइने भएको हो ।