Connect with us

राजनीति

आजका लागि एमाले बैठक सकियो, भोलि फेरि बस्ने

Published

on

नेकपा एमालेको केन्द्रिय समितिको बैठक आजका लागि सकिएको छ ।

आइतवार देखी सुरू भएको केन्द्रिय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलिसकेका छन ।

खाजा ब्रेक पछि स्थायी र पोलिटब्यूरो कमिटी ५२ जना सदस्यले बोल्न बाँकी रहेको जनाइएको थियो । अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथी टिप्पणी गर्नका लागि एमालेले ३–३ मिनेटको समय छुटाएको छ ।

केही केन्द्रिय सदस्यले बोल्न बाँकी रहेकाले उनीहरूको धारणा सुनिसके पछि सम्भवतः भोली नै अध्यक्ष ओलीले जवाफ दिएर बैठक सकाउने तयारी एमालेको छ ।
 


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.