Connect with us

समसामयिक

सशस्त्र प्रहरीको ‘वाहिनीपति’ कपमा सुर्खेत पहिलो

Published

on

हेमन्त केसी
सशस्त्र प्रहरी बल महेश्वरी बाहिनी मुख्यालय सुर्खेतको आयोजनामा ‘वाहिनीपति’ कप २०८१ को अवसरमा  खेलकुद प्रतियोगिताहरु सम्पन्न भएका छन् । बीरेन्द्रनगर स्थित मुख्यालयमा भएको खेलकुद प्रतियोगितामा कर्णालीका प्रदेशमा बिभिन्न जिल्लाहरुमा रहेका गणहरुबाट ६ वटा टिम सहभागी भएका थिए । 

चार दिन सम्म संचालित तेस्रो वाहिनीपति कप– २०८१ आज समापन भएको छ । कुल १६ बिधामा आयोजना गरिएको खेलकुद प्रतियोगितामा कर्णाली प्रदेश अन्तर्गतका सशस्त्र प्रहरी बल नेपालका गण तथा गुल्म हेडक्वाटरबाट  १३५ जना सशस्त्र प्रहरी कर्मचारीले भाग लिएको इङसिपेक्टर जीवन मल्लले जानकारी दिए । 

उक्त प्रतियोगितामा भलिबल, फुटबल, कबड्डी, टेबलटेनिस, दौड लगाएतका खेलहरु सन्चालन गरियको थियो। जसमा न. ३२ गण हेडक्वाटर सुर्खेतले १५ स्वर्ण पदक सहित २६ पदक हासिल गरि शिल्ड सहित पहिलो अंक ल्याउन सफल भएको छ । महेश्वरी बाहिनी मुख्यालयका निमित्त बाहिनीपती सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक प्रकाश थापाले विजयी भएका सबैलाई बधाई दिदै खेलकुदले देश भक्तिको भावना उजागर गर्ने बताए । 

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.