Connect with us

राजनीति

एमाले निकट राष्ट्रिय युवा संघमा क्षितिज थेवेको समूह नै विजयी

Published

on

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पाँचौ महाधिवेशनबाट क्षितिज थेवेको समूह नै विजयी भएको छ । मत परिणाम अनुसार थेवेले ७९७ र सुमन पुरीले ६०८ मत प्राप्त गरे। थेवे १८८ मतान्तरले विजयी भएका हुन् ।

युवा संघको महासचिवमा ७५५ मत ल्याउँदै महेश चौलागाईँ विजयी भएका छन् । उनका प्रतिस्पर्धी ६४९ मत ल्याएका छन् । १ हजार ७६४ मतदाता प्रतिनिधि रहेकोमा १ हजार ४०४ मत खसेको थियो ।

क्षितिजकै नेतृत्वमा सर्वसम्मत गर्न नेताहरूले कसरत गरेको भए पनि सुमनले अस्वीकार गरेर मतदानमार्फत नै नेतृत्व चुनिनुपर्ने अडान लिएका थिए । यसपछि चुनावी प्रक्रिया अगाडि बढाइएको थियो ।

कुन प्रदेशमा कसको कति ?
१) सुदुरपश्चिम प्रदेश
सुमन पुरी ६४
क्षितिज थेवे ५२

२) कर्णाली प्रदेश
सुमन पुरी ५४
क्षितिज थेवे ५१

३) गण्डकी प्रदेश
सुमन पुरी ३९
क्षितिज थेवे ८४

४) लुम्बिनी प्रदेश
सुमन पुरी ७९
क्षितिज थेवे ५२

५) विशेष प्रदेश
सुमन पुरी ३५
क्षितिज थेवे ३४

६) आयोजक
सुमन पुरी १७६
क्षितिज थेवे २३४

७) कोशी प्रदेश
सुमन पुरी ३१
क्षितिज थेवे १५४

८) मधेश प्रदेश
सुमन पुरी ६२
क्षितिज थेवे ३९

९) बागमती प्रदेश
सुमन पुरी ६८
क्षितिज थेवे ९६

जम्मा मत
सुमन पुरी ६०८
क्षितिज थेवे ७९६

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.