Connect with us

राजनीति

एमाले महाधिवेशनमा युवा संघले ५० हजार बढी युवा उभ्याउने

Published

on

नेकपा (एमाले) को आसन्न ११औँ महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा उतार्ने घोषणा गरेको छ । युवा संघले मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सत्रमा सातै प्रदेशबाट कम्तीमा ५० हजार युवा उतार्ने निर्णय गरेको जनाएको हो ।

संघका अध्यक्ष क्षितिज थेबेले भने टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्ने र त्यसका लागि संगठनका सबै कमिटीहरु परिचालन गरिएको जानकारी दिए । उनका अनुसार काठमाडौं र ललितपुरका ६१ वडाबाट १ हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यकाबाहेक बागमतीका १० वटा जिल्लाबाट १ हजार ५०० सयका दरले १५ हजार युवा जुटाउने युवा संघको तयारी छ ।

त्यस्तै महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार, मधेशबाट ४ हजार, गण्डकी ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १ हजार युवा जुटाउने युवा संघले जनाएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने छ भने बन्दसत्र भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.