नेकपा (एमाले) संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने भएको छ। आज मंगलबार बसेको विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। जो अपेक्षित नै थियो ।
हामीले सबै सांसदको हस्ताक्षर लिएर अदालत जाने निर्णय गरेका छौँ,’ स्थायी समितिm सदस्य समेत रहेका एक नेताले भने, ‘सडकमा पनि प्रदर्शन हुन्छ।’ ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नो पार्टी अदालत जाने घोषणा गरेका थिए। उनले प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव नभएको समेत जिकिर गरेका थिए।
‘हामी दुईवटा कदम चाल्दै अघि बढ्नेछौँ,’ बैठकमा ओलीको भनाइ थियो, ‘पहिलो, प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै कानुनी उपचार खोज्छौँ। दोस्रो, यसको संवैधानिक परीक्षण अनिवार्य छ भन्ने हाम्रो ठहर छ। प्रतिनिधिसभा पुनर्स्थापनाबाहेक अन्य फैसला सम्भव छैन।’