Connect with us

राजनीति

कांग्रेसले तोकिदियो, मंसिर २६–२८ मा तरुण दलको महाधिवेशन

Published

on

सत्ता साझेदार नेपाली कांग्रेसले नेपाल तरूण दलको महाधिवेशनको मिति तोकिदिएको छ । करिब छ महीनापछि आउँदो मंसिर २६–२८ मा अनिवार्य महाधिवशेन गर्ने गरी कांग्रेस केन्द्रीय समितिको तरुण दल तदर्थ समितिको पदावधि थप गरेको छ । गत चैत्र मसान्तबाटै तरुण दलको पदावधि सकिएको थियो । पदावधि सकिएको दुई महीना १८ दिनपछि थप गरेको हो ।

आज बुधबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्न त्यही मितिसम्मका लागि केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको हो । तरुण दलका महाधिवेशन निदेृशक समिति अध्यक्ष सहमहामन्त्ती महालक्ष्मी (डीनाा) उपाध्याय छिन् ।

तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य नानु बास्तोलाले बताइन् । महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको उनको भनाइ छ ।

महाधिवेशन गराउन नसक्ने तरुण दल तदर्थ समिति अध्यक्ष विद्धान गुरुङलाई हटाउनु पर्ने माग सहित रोजन राईसहित दुईजना केन्द्रीय सदस्य अनशन बसेका थिए । महाधिवेशन अनिवार्य गर्ने गरी मिति तोकिएपछिउनीहरुले अनशन तोडेका छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.