Connect with us

राजनीति

एमाले बैठकमा गण्डकीका केन्द्रीय सदस्य बोल्ने क्रम जारी

Published

on

 नेकपा एमालेको जारी नवौं केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । 

बैठकमा सहभागी एक दिएको जानकारी अनुसार  गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरुले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संसोधनका विषयमा धारणा राख्न सुरु गरेका हुन् ।

बैठकमा बोलेका केन्द्रीय सदस्यहरु राजिव पहारी, पदम गीरी, रविन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखिसकेका छन् ।

अहिलेसम्म धारणा राख्ने केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटव्यूरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताए ।

केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आहवन गरे । पहारीले मिसन ०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनु पर्ने बताए  ।

आज देखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई ३  मिनेटको समय दिइएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दोसो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अवधारणा सहित समसामयिक विषयमा सम्बोधन गरेका थिए ।

उपाध्यक्ष एवं विधान संसोधन समितीको संयोजक विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तव प्रस्तुत  गरेका छन भने महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रष्तुत गरिने संगठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पारेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.