Connect with us

समसामयिक

विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

Published

on

हमासले गाजामा बन्धक बनाएकामध्ये नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना जीवित बन्धकहरूको सूचीमा विपिनको पनि नाम छ ।

यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो । त्यसमा विपिनको अवस्था अज्ञात भनिएको थियो । तर वासिङ्टन पोस्टले सार्वजनिक गरेको २२ जना बन्धकहरूको सूचीमा विपिन पनि जीवित रहेको विश्वास गरिएको छ ।

गाजामा द्वन्द्वरत हमास र इजरायलबीच युद्धविराम सम्झौता भएपछि बन्धकहरूलाई आइतबार र सोमबारसम्ममा रिहा गर्ने तयारी भइरहेको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.