नेकपा (एमाले) को ११औं महाधिवेशनको बन्द सत्र निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले नै सञ्चालन गरेका छन् । जब कि बन्दसत्र सुरु हुनु अघि निवर्तमान केन्द्रीय कमिटी भङ्ग गरी नयाँ नेतृत्व छनोटका लागि अध्यक्ष मण्डल बनाउने परम्पर थियो । उक्त परम्परालाई मिच्दै ओली आफैंले बन्द सत्र चलाएका हुन् ।
केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र अघि बढाएका हुन् ।