Connect with us

राजनीति

रास्वपाको राजनीतिक समायोजन सभा हुँदै

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ । नागरिक उन्मुक्ति पार्टीको पूर्वनेतृत्वहरू, थरुहटरथारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।

घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपाली कम्युनिष्ट पार्टीमा विलय भएपछि असन्तुष्टहरु रास्वपामा समाहित हुन लागेका छन् । जसमा रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् । उनीहरु आज रास्वपामा समाजोजन हुन लागेका हुन् ।

काठमाडौं महानगरपाकिलाका मेयर बालेन्द्र साह, उज्यालो नेपालका कुलमान घिसिङलगायतसँगको एकतापछि पनि रास्वपाले समायोजन सभा गरेको छैन । सबै समूहसँगको एकताको खुसीयालीमा रास्वपाले समायोजन सभा गर्न लागेको बताइएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.