Connect with us

अर्थ

राष्ट्रपति पौडेललाई बुझाइयो महालेखापरीक्षकको ६३ औं प्रतिवेदन, बेरुजु पुग्यो ८८ अर्ब

Published

on

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । महालेखापरीक्षक तोयम रायाले ६३ औं प्रतिवेदन राष्ट्रपतिसमक्ष गरेका हुन् । प्रतिवेदन पेस गर्ने कार्यक्रम राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको थियो ।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गरे । बेरुजु ८८ अर्ब पुगेको छ । बढ्दो बेरुजु नियन्त्रण गनृ सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्ने राष्ट्रपतिको सुझाव थियो । “बेरुजु फछ्र्योट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुन सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्छ”, पौडेलले भने ।

राष्ट्रपति पौडेलले फजुल खर्चलाई निरुत्साहित गरी आर्थिक अनुशासन कायम भएमा मुलुकमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरे । आर्थिक अनुशासन, जवाफदेहिता, पारदर्शिता कायम गर्न महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकाले भविष्यमा संस्थागत क्षमता, पेसागत हित अभिवृद्धि र आन्तरिक सुशासन कायम गर्नेतर्फ कार्यालय अझ क्रियाशील हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.