Connect with us

राजनीति

विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

Published

on

गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।

‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ ।’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्धामा सबै मिलेर अगाडी बढ्नुपर्छ ।’ त्यसैगरि उहाँले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताएका छन् ।

‘लोकतन्त्रमा जनताका अधिकारहरुको सुरक्षा गर्ने,स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो ।’ उनले भने, ‘त्यसैले अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ ,त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भुमिका महत्वपूर्ण छ ।’  उनले स्थानीय सरकारले  सहजढंगले  जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । 

‘हासेर बोली दिनुस आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ ।’ गृहमन्त्री लेखकले भने, ‘सेवा प्रदान गर्दाखेरी जनतालाइै सबैभन्दा माथी राखेर सेवा प्रदान गर्नुहोस ।’ उनले देशमा विधिको शासन कायम गर्न र विधिको शासन कायम गर्न सरकार पूर्ण रुपले लागि परेको बताए । ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ ।’ उनले भने, ‘यो सरकार देशमा स्थिरताका र शुसाशन कायम राख्नका लागि बनेको हो ।’

उनले जनजिविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशिल भएर लागेको बताए । ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ ।’ उनले भने, ‘हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौ ।’ त्यसैगरि उनले पछिल्लो समय लागुऔषधका कारण दुर्घटना बढेको बताउदै त्यसको नियन्त्रणका लागि पनि स्थानीय सरकार लाग्नु पर्ने बताए ।


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.