Connect with us

राजनीति

गृहमन्त्री माथि छानबिन गर्न रास्वपाको माग, नगरेसम्म संसद चल्न नदिने

Published

on

भिजिट भिषा प्रकरणमा स्वतन्त्र आयोग गठन गर्नु पर्ने माग अघि आएको छ।

प्रतिनिधिसभाका बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र आयोग गठन गरेर गृह मन्त्री रमेश लेखकको राजिनामा मागसमेत गरेका छन् ।

रास्वपा सांसद शिशिर खनालले आयोग गठन नभएसम्म संसद चल्न नदिने जानकारी दिएका हुन् ।  ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ,’ उनले भने, ‘त्यसैले प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ । विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइयो, रवि लामिछानेलाई तीन महिनामा हिरासतमा राखियो तर सत्ता पक्षका सांसदलाई बोलाएर चिया खुवाइयो, अनि हामीले कसरी विश्वास गर्ने छानबिन निष्पक्ष हुन्छ भनेर ? त्यसैले निष्पक्ष छानबिन समिति बनाउनु पर्छ ।’


Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.