Connect with us

राजनीति

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण

Published

on

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको बनस्थली, बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा तोडफोड र आगजनी गरिएको थियो । निरीक्षणकाक्रममा मन्त्री अर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मत सम्हार गर्ने वचन दिए ।

त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको उपस्थिति थियो । गृहमन्त्री सहितको समूहले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरेको छ ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बालाजु प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ । बालाजु प्रहरी वृतका डिएसपीले जग्गा प्रहरीको स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.