Connect with us

राजनीति

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

Published

on

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् ।

गुरुङले काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन् । मन्त्री गुरुङलई चिकित्सकहरूले घाइतेहरुको स्वास्थ्यस्थितिबारे जानकारी गराएका गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरेका थिए ।

शर्मा बिराटनगरस्थित नोबेल मेडिकल कलेजका मालिक समेत हुन् । उनले २०७७ मा केएमसी मेडिकल कलेज समेत खरिद गरेका थिए । उक्त खरिद प्रक्रिया अपारदर्शी छ ।

आठ वर्ष अघि नै शर्मामाथि समेत सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरेको थियो । तर, शक्तिको भक्तिमा फाइल मुल्तवीमा राखिएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.