प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामै रहने भएका छन् । प्रधानमन्त्री ओलीले हिजो दमक बिजनेश टावर उदघाटन र मानव सेवा आश्रमको शिलान्यास गरेका थिए ।
तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि ओली पहिलो पटक झापा पुगेका हुन् । आज उनी पार्टीका स्थानीय नेता, कार्यकर्ता सर्वसधारणदेखि अन्य कार्यक्रममा सहभागी हुनेछन् ।