Connect with us

राजनीति

एमाले महाधिवेशनः बन्दसत्र सुरु

Published

on

नेकपा (एमाले) को ११औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ । भृकुटिमण्डपमा केहीबेर अघिबाट बन्दसत्र सुरु भएको हो । बन्दसत्रको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आज बिहान नौ बजे नै सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय कमिटी बैठक लगायतका कारण सरेर दिउँसो साढे तीन बजेपछि मात्रै सुरु भएको हो । हिजो भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको पदाधिकारी र केन्द्रीय समितिको आधार बढाएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी विधान संशोधन भएको छ ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.