कमरेड माधव नेपाल
लालसलाम
यहीँ कार्तिक १९ गते तपाईंले आफैले विघटन गरिसक्नु भएको नेकपा ९एकीकृत समाजवादी० को लेटरप्याडलाई दुरुपयोग गर्दै कार्तिक २० गते एउटा बक्तब्य सार्वजनिक गर्नुभयो, जसमा म लगाएत अरु ६ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरिएको छ । जुन कुरा मैले सार्वजनिक सञ्चारमाध्यमबाट थाहा पाए । सूचना सार्वजनिक माध्यमबाट थाहा पाएपछि मेरा भनाईहरु पनि सार्वजनिकढंगले नै राख्नु राम्रो होला भन्ने ठानेर प्रेषित गरेको छु । राम्ररी पढनु होला । म यसलाई यसरी सुत्रबध्द गर्छु ।
१. दुनियाँलाई थाहा छ, तपाईंले हाम्रो प्यारो पार्टीलाई कृत्रिम बहुमत पुर्याएर १९ गते नै माओवादी पार्टीमा बिलय गरिसक्नु भएको थियो । तर कारबाहीको बक्तब्य चाहि कार्तिक २० गते सार्वजनिक गर्नु भयो । विघटन भैसकेको पार्टी जसको कानुनी अस्तित्व थिएन, त्यसको लेटरप्याड एक दिन पछी गैरकानुनीढंगले प्रयोग गर्न तपाईंलाई अलिकति पनि अप्ठ्यारो लागेन ?
२. फेरि पनि बक्तब्यमा कार्तिक १९ को मिति उल्लेख गर्नुभयो । कार्तिक १९ मा त तपाईंहरु बिद्रोहको झण्डा त्यागेर माओवादी पार्टीका सुप्रिमोका अगाडि याचनाका साथ उभिईरहनु भएको थियो । त्यो दिन तपाईंहरु कतिखेर बैठक बस्नुभयो ? बैठक नै नबसि बैठकको निर्णय भनेर हस्ताक्षर गर्दा हात कामेन कमरेड ? बस्नुभएको छ भने त्यसको माईन्युट सार्वजनिक गर्न सक्नुहुन्छ ?
३. मेरो तपाईसङ्ग राजनीतिक हिसाबले पनि बिमति छ । म मेरो पार्टीलाई माओवादी पार्टीसङ्ग विलय गराउने कुराको सुरु देखि नै विपक्षमा थिए । मैले आफ्ना धारणाहरु सार्वजनिक सञ्चार माध्यम र पार्टीको केन्द्रिय कमिटी बैठकमा समेत जोडदारढंगले उठाएको थिए । तपाईंले सोहि दिन बिधि मिच्दै जोरजुलमका साथ ८१ जना मनोनीत गरेर कृत्रिम बहुमत पुर्याउनु भएको होइन ?
४. उक्त बक्तब्यमा तपाईंले मलाई दुईवटा आरोप लगाउनु भएको छ । पहिलो ूभेला गरेकोू र दोस्रो ूपत्रकार सम्मेलनू गरेको । एउटा राजनैतिक मान्छेले भेला गर्नु र पत्रकार सम्मेलन गर्नु संविधान प्रदत अधिकार होइन ? तपाईंले रोक्न मिल्छ ? भेला गर्नु र पत्रकार सम्मेलन गर्नुलाई अपराध ठान्ने ध्रृष्ठता कसरी गर्नुभयो ?
५. त्यसबाहेक उक्त बक्तब्यमा तपाईले ूपदको प्रयोगू भन्ने शब्द उल्लेख गर्नुभएको छ । जुन बेलासम्म हाम्रो पार्टीको विघटन भएको थिएन, त्यो बेलासम्म म दशौ राष्ट्रिय महाधिवेशनले तोके बमोजिमको आधिकारिक केन्द्रिय सदस्य र केन्द्रिय सदस्यबाट निर्वाचित पोलिटब्युरो सदस्य हुँ । यो पदको प्रयोग गर्न तपाईंसङ्ग अनुमति लिइ रहनु पर्छ ?
६. कुनै पनि सदस्यलाई अनुशासनको कारबाही गर्दा विषयवस्तु उल्लेख गरेर प्रष्टिकरण सोध्ने व्यवस्था बिधानमा उल्लेख छ । मलाई प्रष्टिकरण सोध्नु भयो ? त्यसबाहेक कारबाही गर्ने बिषय अनुशासन आयोगको कार्यक्षेत्र हो । यो विषय अनुशासन आयोगले हेर्यो ? अनुशासन आयोगले कारबाही गर्न सिफारिस गर्यो ?
७. अनुशासन आयोगको क्षेत्राधिकार मिचेको, प्रष्टिकरणको मौका नदिएको, बैठक नै नबसि आफु खुशी निर्णय सार्वजनिक गरेको र विघठित पार्टीको लेटरप्याड दुरुपयोग गर्नुभएको हुनाले तपाईंले गर्नुभएको कारबाही प्रति खेद प्रकट गर्दै उक्त कर्मको जोडदारढंगले प्रतिवाद गर्दछु ।
८. त्यसबाहेक तपाईंलाई पतन्जलि जग्गाको हदबन्दी सम्बन्धि भ्रष्टाचारको मुद्दामा बिशेष अदालतले ३५ लाख धरौटी लिई हाल तपाईं तारेखमा रहेको कुरा जगजाहेर नै छ । उक्त बिषय केन्द्रिय कमिटी बैठकमा उठाउदै पार्टीको अध्यक्ष पदबाट राजीनामा गर्न मैले तपाईंलाई आग्रह गरेको थिए । यसै बिषयलाई लिएर तपाईंले म माथि प्रतिशोध साध्नु भएको हो कि भन्ने मलाई लाग्छ । तसर्थ यो प्रतिशोधपुर्ण कारबाहीबाट फिर्ता हुन सुझाव दिन्छु ।
९. म एउटा राजनैतिक प्राणी हु । म तपाईं सङ्गै माओवादी पार्टीमा प्रवेश गर्ने वा नगर्ने मेरो स्वविवेक र अधिकारको कुरा हो । त्यसबाहेक मैले काम गरिरहेको मेरो पार्टीको गैरकानुनी विघटन र विलयप्रति आपत्ति जनाउनु पनि कर्तव्य ठान्दछु । उक्त पार्टी तपाईंको निजि कम्पनी र म तपाईंको कारिन्दा पनि होइन । तसर्थ हामीलाई निष्कासन गरिएको भन्ने तपाईंको बक्तब्यप्रति घोर आपत्ति प्रकट गर्द्छु ।
दामोदर अर्याल
पोलिटब्युरो सदस्य तथा उपप्रमुख, केन्द्रिय प्रचार बिभाग
एकीकृत समाजवादी (घनश्याम भुसाल समुह)