नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हिजो विराटनगरमा उद्घाटन गरेको प्रेस चौतारी नेपालको दशौं महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ सुरू भएको महाधिवेशन भोलि मंगरबारसम्म चल्ने छ । महाधिवेशनको बन्द सत्र गएराति रातिबाटै सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन हिजो आइतबार बिहान ११ः०० बजे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भए पनि अन्तिम समयमा महासचिव शंकर पोखरेल विराटनगर पुगेर गरेका थिए ।
महाधिवेशनमा झण्डै १ हजार प्रतिनिधिले सहभागिता जनाउने महासचिव हिरामान लामाले जानकारी दिएका छन् । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा तथा भावी नेतृत्व चयन गर्ने महासचिव लामाले जानकारी दिएका छन् ।
चौतारीको भावी अध्यक्षका लागि २ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । जसअनुसार उपाध्यक्ष गणेश पाण्डे र राजेश राइले भावी नेतृत्वका लागि प्रतिस्पर्धाका लागि घोषणा गरिसकेका छन् । अहिलेसम्म नै पाण्डे र राइ बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
अन्य पदका लागि पनि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा जारी रहेको बेला नेतृत्व भने सर्वसम्मत नेतृत्व चयनको लागि प्रयासमा लागेको छ। संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने जनाइसकेका छन् ।