Connect with us

राजनीति

नेकपा (माओवादी केन्द्र) ले आउँदो पुस २ गते केन्द्रीय समिति बैठक बोलाउने

Published

on

नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।

आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले पुस २ गते केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।

प्रवक्ता सापकोटा भनाइमा बैठकबाट आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा सफलता हासिल गर्ने योजना र कार्ययोजना समेत बनाइएको छ । संगठन सुदृढीकरणका लागि जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकसाथ गर्ने निर्णय समेत भएको प्रवक्ता सापकोटाले बताएका छन् ।

Continue Reading
Click to comment

Leave a Reply

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.