Connect with us

राजनीति

सत्ता गठबन्धनमा कुनै समस्या छैन: गृहमन्त्री

Published

on

गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । हिजो साँझ अबेर बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस एमालेको र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए जस्तो गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।

उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो भन्ने कुराहरु असत्य हुन् । दुई शीर्ष नेता (शेरबहादुर देउवा केपी शर्मा ओली) सहित बैठक बसेका छौं ।’

सत्ता गठबन्धनमा कटुता बढ्दै जाँदा ओली देउवाले भेट गरेर संयन्त्रको बैठक डाकेका थिए । बैठक हिजो बिहानै बस्ने तयारी थियो । तर, कांग्रेस महामन्त्री गगनकुमार थापा बारामा आयोजित एउटा कार्यक्रममा गएपछि उनको सहभागिताका लागि साँझ राखिएको थियो ।

उनले शिक्षकको आन्दोलनको विषयमा समान्य छलफल भएको जानकारी दिए । आगामी संसदको अधिवेशनबाट शिक्षकको समस्या समाधान गरिने उनले बताएका छन् । शिक्षकहरु अध्यादेशबाटै भएपनि ऐन जारी हुनु पर्ने माग राख्दै १५ दिनदेखि आन्दोलनमा छन् ।

Tathya Sanchar Pvt. Ltd.
सूचना तथा प्रसारण विभाग दर्ता नं. ३०८९-२०७८/७९
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०८५-२०७८/७९

मध्यपुर थिमी–३, गठ्ठाघर, भक्तपुर
Nepalmuhar@gmail.com
01-5911045

सम्पादक
माधव बस्नेत

Terms & Conditions | Privacy Policy | Disclaimer

Copyright © 2024 Nepal Muhar. Powered by Nepal Muhar.